मंसिर १४ मा तीनवटै तहको उपनिर्वाचन

मंसिर १४ मा तीनवटै तहको उपनिर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचनको मिति तय गरेको छ।

तीनवटै तहका ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय आयोगको बैठकले गरेको हो।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार विभिन्न ३७ जिल्लामा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि म‍सिर १४ गते एकै दिन निर्वाचन गरिने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।छ।

गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।

यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।