काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खस्दा दर्जनभन्दा बढी घर पुरिएका छन्। पहिरोमा दुई जना सम्पर्कबिहीन भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए । तर भाग्ने क्रममा दुई जना भने सम्पर्क्बिहिन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्।
बेपत्ता हुनेमा ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का रहेका छन् । खत्री पहिरोबाट बच्न भाग्ने क्रममा र खड्का पहिरोले पुर्न थालेको बस निकाल्ने क्रममा बेपत्ता भएको प्रजिअ रिजालले बताए ।
उनीहरुको खोजी भइरहेको छ । अहिले घटनास्थलमा स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि खटिएका छन् । घटनास्थल सदरमुकामबाट अढाई घण्टा मोटरबाटो र त्यसपछि अझै अढाई घण्टाको पैदल दूरीमा पर्छ ।‘हामी उद्धार र राहतका सामग्री लिएर घटनास्थल जाँदैछौँ’,प्रजिअ रिजालले भने ।




प्रतिक्रिया