वडा कार्यालयमा सिलिन्डर विष्फोट

वडा कार्यालयमा सिलिन्डर विष्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा अज्ञात समूहले सिलिण्डर बिस्फोट गराएका छन् ।

शुक्रबार राति भिरपानीस्थित वडा कार्यालयभित्र सिलिण्डरमा पेट्रोल छर्केर आगो लगाइ बिस्फोट गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए । बिस्फोटका कारण वडा कार्यालयका कम्युपटरसहित कागजपत्रहरु जलेर नष्ट भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।