काठमाडौं – जल तथा मौसम पुर्वानुमान महाशाखाले आज (आइतबार) देशभरका केही स्थानमा मेघ गर्जन (चट्याङ )सहित पानी पर्ने सम्भावना रहेकाले देशका मध्य तथा पूर्वका पहाडी भू–भागका एक दुई स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको र नेपालतर्फ सर्दै गरेकाले पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आइतबार महाशाखाद्धारा जारी बुलेटिनमा उल्लेख छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति देशको पश्चिमि भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा पनि मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानाएको छ ।
मंगलबार पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलि रहने सम्भावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
मंगलबार राति देशको पश्चिमि भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।




प्रतिक्रिया