मन्त्रीपरिषद् बैठकका निर्णय आज सार्वजनिक हुँदै

मन्त्रीपरिषद् बैठकका निर्णय आज सार्वजनिक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मन्त्रीपरिषद बैठकका निर्णयहरु आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।

सरकारले प्रत्येक बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजन गर्ने नियमित पत्रकार सम्मेलन गत बिहीबार अन्तिम समयमा स्थगित भएको थियो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बिहीबार बिशेष कारणवस हुन नसकेको पत्रकार सम्मेलन आज दिउँसो ३ बजे राखिएको जानकारी दिएका छन् ।