काठमाडौं – प्रदेश चार (गण्डकी प्रदेश)का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ बेलायत भ्रमणमा जाने भएका छन् ।
तमुधिं युकेले गर्न लागेको नेपाली मेलामा सहभागी हुन मुख्यमन्त्री गुरुङ बेलायत जान लागेका प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले भदौ ७ गतेदेखि हुने मुख्यमन्त्रीको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ । मुख्यमन्त्री भ्रमणको सम्पूर्ण खर्च आयोजकले नै ब्यहोर्ने भएको छ ।




प्रतिक्रिया