काठमाडौं – एउटा खुट्टाले साइकल चलाएर काठमाडौंको साइक्लिङ क्षेत्रमा परिचित नाम बनाउन सफल युवक लामाले आत्महत्या गरेका छन् ।
सानै उमेरमा बस दुर्घटनामा परि एउटा खुट्टा गुमाएर समेत जोस, जाँगर र साहसले धेरैका लागि प्रेरणाको स्रोत बनेका थिए युवक लामा । अन्ततः उनी ललितपुरको हात्तिवनस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले रुँदै राखेका तस्विर सहितको स्टाटसबाट उनी केहि समस्यामा रहेको देखिन्छ । आइतबार मध्यान्न १२ बजेर ४५ मिनेटमा आफ्नो फेसबुकमा राखेको फोटोको क्याप्सनमा उनले लेखेका छन् ‘सबैले बिर्सिदिए हुन्छ मलाई यो जिन्दगीमा अर्को जुनीमा भेटौंला’ ।
युवकले साइकल कुदाउने अदभुत प्रतिभाको सबैले मुक्तकण्ठले प्रसंसा गर्थे । प्यारा ओलम्पिकमा भाग लिएर देशको नाम उच्च बनाउने उनको सपना सपनामै सिमित भएको छ ।





प्रतिक्रिया