यी नदीमा बाढी आउने, सतर्क रहन महाशाखाको आग्रह

यी नदीमा बाढी आउने, सतर्क रहन महाशाखाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) देशका केही ठूला नदी तथा साना खहरे खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महाशाखाले आज र भोलि नारायणी, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै आज जुम्ला, बाजुरा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायत जिल्लाका पहाडबाट बहने केही ससाना नदीहरूमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।