सुनको मूल्य प्रतितोला ६८ हजार पुग्यो

सुनको मूल्य प्रतितोला ६८ हजार पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा दुई दिनमै १७ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज (मंगलबार) ६८ हजार प्रतितोला पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ६८ हजार र तेजाबी सुन ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ आज २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउमा भने अघिल्लो दिनको तुलनामा कुनै फेरबदल नभएको संघले जनाएको छ । आज चाँदी प्रतितोलाको मूल्य ७ सय ९५ रुपैयाँ रहेको छ ।