निजगढको विकल्प खोज्दैनौँ, सानदार विमानस्थल बन्छ : पर्यटनमन्त्री भट्टराई

निजगढको विकल्प खोज्दैनौँ, सानदार विमानस्थल बन्छ : पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।

बुधबार मन्त्रालयमा आयाजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले भने,‘बाहिर जति टीकाटिप्पणी भए पनि निजगढको विकल्प खोज्दैनौं।’

विमानस्थल आयोजना अघि बढाउन रूख कटानसँगै बस्ती व्यवस्थापन पनि सहजै हुने मन्त्री भट्टराईको भनाइ छ।

उनका अनुुसार टांगिया बस्ती व्यवस्थापन गर्न २ मोडल सरकारले ल्याएको छ। पैसा दिएर आफैं जग्गा छनोट गर्ने र स्थानीय सरकारसँगको सहकार्यमा बस्ती नै सारिदिने सरकारको प्रस्ताव छ।