गौतमबुद्ध विमानस्थल चार महिनाभित्र सम्पन्न गर्न मन्त्री भट्टराईको निर्देशन

गौतमबुद्ध विमानस्थल चार महिनाभित्र सम्पन्न गर्न मन्त्री भट्टराईको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवामा निर्माण भईरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम आगामी डिसेम्बरसम्ममा सक्ने बताएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक पर्यटकीय क्षेत्र रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउँदै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले आगामी २०१९ डिसेम्बर ३० सम्म निर्माण सक्ने गरि काम भइरहेको बताए ।

आगामी डिसेम्बर महिनाभित्रै अन्तर्राट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने, ‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छ ।’

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए ।