काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गरेका छन्। उनले बिहीबार क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन्।
उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। उनले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए।
उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्द् क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए। सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताए। उनले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए।




प्रतिक्रिया