अविश्वासपूर्ण त्रासः ओली, प्रचण्ड एकअर्कामा आशंका

अविश्वासपूर्ण त्रासः ओली, प्रचण्ड एकअर्कामा आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – सत्तारुढ दल नेकपाका दुई ‘पाइलट’ ले बेलाबेला गज्जमजिने आफ्ना सम्बन्धलाई गत असार १६ को संसदीय दलको बैठकमा सुमधुर बनाउन गरेका प्रयत्न हुन्् यी दुई अभिव्यक्ति। त्यसपछिका पार्टी बैठकदेखि अनेक फोरमहरूमा नेकपा ‘जेट’ का दुई पाइलट केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले नीतिगत धारणाभन्दा पनि भावनात्मक कुरा नै दोहोर्‍याउन थालेका छन् सम्बन्ध सुधारका लागि।

तर पनि यी अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा, नेकपाका अध्यक्षद्वय (ओली-प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ। जसका कारण पनि नेकपाको एकता प्रक्रियाले सहज बाटो लिन सकिरहेको छैन।

‘अध्यक्षद्वयबीच एकअर्कालाई अहिले विश्वास नगरी धरै पनि देखिन्न। संशयपूर्ण ढंगले अध्यक्षद्वयले एकअर्कालाई विश्वास गरिरहेको अवस्था अहिले छ’ पोखरेल भन्छन्, ‘विश्वास छ भनेर बाहिर देखाउन पनि जरुरी छ। एकअर्काको भूमिकाप्रति एकअर्कामै संशय छ। संशयपूर्ण विश्वासको अवस्थामा ओली-प्रचण्ड सम्बन्ध देखिन्छ।’ (हेर्नुहोस्, पोखरेलको टिप्पणी)

दुई नेताकै सम्बन्धका कारण नेकपा एकता बेलाबेला गज्मजिँदै आइरहेको छ। पार्टी स्कुलिङ विभागको नेतृत्व अहिले त्यही विश्वासको वातावरण बन्न नसक्दा नेताहरूकै बीच जुँगाको लडाइँ बन्न पुगिरहेको छ।

नेताहरूमा हार्दिकता छैन। एकताको बेला जति उत्साहित थिए, नेकपाका दुवैतर्फका नेता-कार्यकर्तामा त्यो उत्साह अहिले मर्दै जान थालेको छ। पुराना कम्युनिस्ट नेता प्रदीप नेपालको भनाइमा, कम्युनिस्ट एकता र जनताले दिएको जनमतको अवसरलाई नेकपा नेतृत्व सदुपयोग गर्न चुकिरहेको छ।

‘नेपालका कम्युनिस्टहरूका लागि अवसर राम्रो थियो र छ पनि। तर त्यसलाई सदुपयोग गरेर जानुपर्ने हो। नेताहरूले त्यसरी सोचेको देखिँदैन। दुवै अध्यक्षले एकअर्कालाई विश्वास गरेर यो अवसरलाई सदुपयोग गरेर जान सक्नुपर्छ’, नेता नेपाल बताउँछन्।

पार्टी एकतापूर्व नै ओली र प्रचण्डमा अनेक शंका-उपशंका थिए। एकतापछि पनि दुवै पक्ष एकअर्कासँग सशंकित छन्। ओली पक्षले अझै प्रचण्डलाई विश्वास गर्न सकिरहेको छैन। द्वैध सत्ताको अभ्यास (हामी दुई बराबरका छौं भनेर प्रचण्डले भन्ने गरेको अभिव्यक्ति) गर्ने अनि सरकारलाई अस्थिर र अन्योल सिर्जना गरेर आफू केन्द्रीय भूमिकामा देखा पर्न खोज्ने प्रचण्डको भूमिका रहेको ओली पक्षको बुझाइ देखिन्छ। ओली पक्षका एक नेता भन्छन्, ‘प्रचण्डजी बढी नै आफूलाई केन्द्रमा राख्न चाहनुहुन्छ। त्यही कारण अनेक प्रसंग बेलाबेला ल्याउनुहुन्छ र पार्टीमा विवादको वातावरण बनाउन खोज्नुहुन्छ।’ याे खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।