प्रधानमन्त्री बालेनलाई भेट्न नपाई फर्किए ट्रम्पका विशेष दूत गोर

प्रधानमन्त्री बालेनलाई भेट्न नपाई फर्किए ट्रम्पका विशेष दूत गोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेट्न नपाएरै फर्किएका छन् ।

भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोरेले प्रधानमन्त्री बालेनसँग भेट्ने इच्छा राखे पनि भेट्न पाएनन् । प्रधानमन्त्री बालेनले स्वास्थ्यको कारण देखाउँदै भेट्न सम्भव नभएको जवाफ दिए पनि कूटनीतिक मर्यादा कायम राख्न भेट नदिएको हुनसक्ने स्रोतको दाबी छ ।

यसअघिका प्रधानमन्त्रीहरूले जुनसुकै तहका विदेशी कूटनीतिज्ञ वा कर्मचारी आए पनि भेट दिने गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्मै विदेशी कूटनीतिक कर्मचारी पुग्दा आलोचना समेत हुने गरेको थियो ।

भ्रमणका क्रममा विशेष दूत गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् ।

सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमणका क्रममा गोरले अमेरिकी ड्रोन प्रविधिबारे जानकारी लिए पनि ड्रोन सञ्चालनको अनुमति नभएको भन्दै गृह मन्त्रालयले रोकेको थियो ।

यसअघि अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले काठमाण्डु भ्रमण गरेका थिए ।