त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २० जना बेपत्ता

त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २० जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको मलंगवाबाट काठमाडौं आउंदै गरेको बस धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । शुक्रबार बिहान सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

बसमा सवार २० जना अहिलेसम्म हराइरहेका छन् भने १६ जनाको जिवितै उद्धार गरिएको छ। धादिङ प्रहरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो । यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ ।

पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । बसमा सवार २० जना अहिलेसम्म हराइरहेका छन् ।