सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ

सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – जिल्लाको नगराईन नगरपालिकाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ परेका छन् ।

सम्पन्न कार्य योजनाको प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा सब–इन्जिनियर उमेश मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

जनकपुर उपमहानगरपालिका–६ अस्पताल रोडस्थित अञ्चल अस्पताल जनकपुर नजिकको रेडक्रस भवनको पश्चिमदक्षिण र बाह्रबिघा चौरको पूर्वदक्षिणबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।