काठमाडौं – सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग १८ हजार घुस लिएका महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
घुस लिदालिदैं रंगेहात पक्राउ परेका उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया