काठमाडौं— सिन्धुपाल्चोक, चौतारा सागाचोक गढी नगरपालिका(११ पोखरे बस्ने राधा गिरीको निर्माणाधीन घरमा आइतबार बिहान पहिरो जाँदा घर नजिकै रहेको उनको कुखुराको फाराम कुखुरा सहित पुरिँदा करिब ५ लाख २४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका(११ भाटपुलमा आइतबार बिहान पहिरो जाँदा सोही ठाउँ बस्ने चमार सिंह लामाको गोठ पुरिएर करिब २ लाख रुपैयाँ, सोही ठाउँ बस्ने बहादुर तामाङको जस्ताको टहरा भत्किँदा करिब २ लाख रुपैयाँ र सोही नगरपालिका नरबन्दा बस्ने सानुकाजी श्रेष्ठको घरमा लेदो पस्दा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।




प्रतिक्रिया