धनुषा – म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने ३ जना पक्राउ परेका छन् ।
एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–४ मा सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया