चिनियाँ सुरक्षाकर्मीद्वारा रसुवा प्रहरीलाई सहयोग सामग्री प्रदान

चिनियाँ सुरक्षाकर्मीद्वारा रसुवा प्रहरीलाई सहयोग सामग्री प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – चिनियाँ सुरक्षाकर्मीले बुधवार रसुवा प्रहरीलाई सहयोग सामग्री प्रदान गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड (ढाला) लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन् ।