पाँच मन्त्रालयका सचिवहरुको सरुवा

पाँच मन्त्रालयका सचिवहरुको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार साँझ बसेको मन्त्रपरिषद बैठकले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ऊर्जा, पर्यटन, उद्योग, श्रम र शिक्षा मन्त्रालयका सचिवहरुको सरुवा गरेको हो ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सञ्जय शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा मन्त्रालयका सचिव खगराज बरालल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालगायत सचिवहरुलाई सरुवा गरेको श्रोतले जनायो ।