आज फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

आज फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहिबार) सिंगापुर जाने भएका छन् ।

उनी स्वास्थ्य परीक्षणको लागि आज मध्यान्ह साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली १० दिन अघिमात्रै सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए ।

प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् ।