सिंगापुर उड्नै लाग्दा प्रधानमन्त्रीको स्वास्थ्यबारे डाक्टरले निकालिन विज्ञप्ति, के लेखिएको छ ?

सिंगापुर उड्नै लाग्दा प्रधानमन्त्रीको स्वास्थ्यबारे डाक्टरले निकालिन विज्ञप्ति, के लेखिएको छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने बेला उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधनमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अनेक अड्कलबाजी भइरहेका बेला डा. सिंहले बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको शरिरमा मृगौलासम्बन्धी केही एण्टीबडीको मात्रा बढी देखिएको बताएकी छन् ।

उनले विज्ञप्तिमा भनेकी छन्, ‘एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो ।’

सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा विज्ञको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे उल्लेखनीय जानकारी भएमा सञ्चारमाध्यमलाई जानकारी गराउने डा. सिंहले बताएकी छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई अवगत गराउने नै छौं,’ डा. सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।