काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रचण्ड पुत्री रेणु दाहालले पत्रकार शालिकराम पुडासैनी आत्महत्या र रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो नाम जोडेर अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर दाहालले प्रहरीले अनुसन्धान गरिरहेको विषयमा सामाजिक सञ्जालमा अतिरञ्जित तरिकाले भ्रम फैलाइएको भन्दै आपत्ति जनाएकी हुन् ।
मेयर दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुख प्रति कपोकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गाली गलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृति देखिनु दुखद् कुरा हो ।’
साथै महानगरले घटनासँग सम्बन्ध नभएका व्यक्ति एवं संस्थाहरुलाई जोडेर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।




प्रतिक्रिया