रविको समर्थनमा युवाहरु मर्न तयार, भने : रविलाई फसाउन दिदैनौं

रविको समर्थनमा युवाहरु मर्न तयार, भने : रविलाई फसाउन दिदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा युवाहरुको ठूलो जमात यतिबेला देशभरका विभिन्न ठाउँमा एकजुट भएर उनको रिहाईको लागि सडकमा प्रद्धर्शन गरिरहेका छन् ।

रवि लामिछानेको लागि कत्तिले गोली खान तयार भएको बताइरहेका छन् भने कत्तिले रविलाई भगवानको दर्जा समेत दिइरहेका छन् । यस्तै सडकबाटै युवाहरुले रविलाई प्रधानमन्त्री समेत घोषणा गरिसकेका छन् ।

यतिबेला शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन भैरहेको छ । अबकाे २ दिनपछि अदालतले पक्राउ परेका रविसहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीबारे अन्तिम निर्णय दिनेछ । पत्रकार पुडाशैनीले साउन २१ गते चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका थिए ।

पत्रकार पुडाशैनीले आत्महत्या गर्नुअघि रविसहित तीन जनाले मर्न बाध्य पारेको भन्ने भिडियो सन्देश छाडेका थिए । सोही भिडियो सन्देशका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।