कश्मीर विवादबारे नेपाल र पाकिस्तानी परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद

कश्मीर विवादबारे नेपाल र पाकिस्तानी परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—भारत-प्रशासित जम्मू—कश्मीरको विवादबारे पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीबीच टेलिफोन संवाद भएको छ।

कुरेशीले टेलिफोन मार्फत् कस्मिरको विवादबारे नेपाललाई जानकारी गराउनुकै साथै सार्कको अध्यक्षतको हैसियतमा भूमिका खेल्न आग्रह गरेको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको छ। ‘विदेशमन्त्रीले नेपाली समकक्षीलाई जम्मू(कश्मीरको विवादास्पद स्थितिलाई फेर्न भारतले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको प्रस्तावहरूको विपरीत गरेको गैरकानुनी र एकपक्षीय कार्यहरूका बारेमा जानकारी दिए,’ जारी विज्ञप्तिमा भनिएको छ।

सो विज्ञप्तिमा पाकिस्तानी विदेशमन्त्रीले नेपाललाई सार्क अध्यक्षको रूपमा यो क्षेत्रको शान्ति र स्थायित्वका लागि भूमिका खेल्न र भारत(प्रशासित जम्मू(कश्मीरका मानिसहरूको दुखलाई कम गर्न भारतलाई भन्न पनि अनुरोध गरेको बताइएको छ।

बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौंबाट फर्किएको केही घन्टापछि पाकिस्तानी विदेशमन्त्री कुरेसीले ज्ञवालीलाई टेलिफोन गरेका हुन्।
जवाफ परराष्ट्र मन्त्री ज्ञवालीले आफूहरूले कस्मिरको अवस्थालाई सुक्ष्म ढंगले नियालिरहेको र सबै विवादको समाधान वार्ताबाट गर्नुपर्छ भनिरहेको बताएका थिए।