भारतीय पूर्वमन्त्री अरुण जेटलीको निधन

भारतीय पूर्वमन्त्री अरुण जेटलीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  – भारतीय पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । उनको दिल्‍ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्‍थान (एम्‍स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए। उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो।

६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका थिए। एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो।