काठमाडौं – जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो)लाई गाली गर्ने एक जना पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सिडियो नारायण प्रसाद भट्टराईलाई गाली गर्ने बारा सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय सन्नी कुमार गुप्तालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
श्री कंकाली आटो ट्रेर्डर्स सञ्चालन गर्दै आएका गुप्ताले प्रजिअ भट्टराईलाई गाली गलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा झापट हान्ने स्टाटस लेखेका थिए ।
पक्राउ परेका गूप्तालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया