सामाजिक सुरक्षा कोषमा नजाने नेतारुको प्रतिवद्धता सूची सार्वजनिक गर्ने मन्त्री विष्टको चेतावनी

सामाजिक सुरक्षा कोषमा नजाने नेतारुको प्रतिवद्धता सूची सार्वजनिक गर्ने मन्त्री विष्टको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लिखित प्रतिवद्धता जनाएर पनि सामाजिक सुरक्षा योजना कार्यन्वयनमा नगएका संस्थाका नेताहरुको सूची सार्वजनिक गर्ने बताएका छन् ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले सामाजिक सुरक्षा योजना कार्यन्वयनमा नगएका रोजगारदाता संस्थाका नेताहरुका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।

रोजगारदाता संस्थाका प्रतिष्ठान नै सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको भन्दै उनले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरे गरे ।

रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी बहाना मात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचीकरण नहुनुले नै कानुन कार्यान्वनमा समस्या भएको दाबी गरे ।

एनले भने, ‘सामाजिक सुरक्षा योजनालाई एकदमै ऐतिहासिक कार्यक्रम भन्दै प्रतिवद्धता जनाएका कतिपय रोजगारदाता संस्थाका नेताहरुकै कारखाना, प्रतिष्ठान पनि सूचीकरणमा आएका छैनन् । रोजगारदाता प्रतिनिधिहरुले मेरो यो भावनालाई विनम्रताका साथ उहाँहरु समक्ष र्पुयाइदिनुहोला । हामी लिखित प्रतिवद्धतालाई छापेर सम्झना गराउने जमर्को गर्दैछौं ।”

मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सूचीकरणको काम गरिने बताए । ऐन बनेको एक वर्षसम्म पनि श्रमिकहरु सामाजिक सुरक्षा योजनाबारे जानकार नरहेको भन्दै उनले योजनाको फाईदाबारे जानकारी गराउनुपर्ने बताए ।