काठमाडौं – जहाजभित्रै चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । इजी ६८४२७२२ राहदानीबाहक क्वीआइ म र इजी ५७४२५२३ नम्बरको राहदानीबाहक सिन्जोन हुलाई चोरीको सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको हो।
टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
शनिबार टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका दुई चिनियाँ नागरिकको शरीर खानतलासी गर्दा चोरीका बाला र विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया