सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी : अर्थमन्त्री खतिवडा

सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी : अर्थमन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतिय सवारी साधन रहेको बताएका छन् ।

आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला’ ‘नाडा अटो शो २०१९’ शोको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताए ।

सवारी आयात गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्न चाहनेलाई सरकारले अवस्था हेरेर छुट दिँदै जाने उनले व्यवसायीसमक्ष प्रतिबद्धता जनाए ।

‘सवारी व्यवसायमा आयातलाई भन्दा उत्पादनमा सरकारले जोड दिन्छ,’ उनले भने, ‘त्यसमा पनि सार्वजनिक सवारीमा विद्युतीय सवारीलाई पहिलो प्राथमिकतामा राख्छौं । हाइब्रिड कार पनि सरकारको प्रथमिकतामै छ । यसले वातावरण प्रदुषण र पेट्रोलियम पदार्थको खपत कम गर्छ ।’

नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र सवारीजन्य उत्पादन नाडा अटो शोमा प्रदर्शनी हुँदै आएको छ । सवारी खरिद गर्ने उपभोक्ताहरुका लागि पनि अन्य समयको तुलनामा केही सस्ता र विभिन्न उपहार योजनाहरु पाइने हुँदा यो नै उपयुक्त समय मानिन्छ । यही सहभागिता र बिक्रीको हिसाबले पनि नाडा अटो शोलाई सवारी तथा सवारीजन्य वस्तुको कुम्भमेला भनिएको हो ।