नेपाली सेनाको प्रतिबद्धता: सम्पदा संरक्षणका साथ फास्टट्रयाक

नेपाली सेनाको प्रतिबद्धता: सम्पदा संरक्षणका साथ फास्टट्रयाक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं-तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले खोकनाको सिकाली मन्दिर र कुदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिवर्तन भएको जनाएको छ।आयोजनाका अनुसार धार्मिक एवम सांस्कृतिक महत्व बोकेको खोकनाको उक्त ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्ने गरी रेखांकन परिवर्तन भएको हो।

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको विषयमा जानकारी दिन सैनिक मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले सामान्य रेखांकन परिवर्तन भएको बताउनुभयो।

‘खोकनामा सांस्कृतिक र धार्मिक सम्पदा जोगाउनुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्दै उक्त क्षेत्रको संरक्षण गर्न डीपीआरमा रेखांकन नै परिवर्तन गरिएको छ।’ –कार्यक्रमलाई सम्बोधनको क्रममा उहाँले भन्नुभयो।

ऐतिहासिक र पुरातात्विक सम्पदाका रूपमा रहेको कुदेश र सिकालीलाई मास्ने गरी दु्रतमार्ग निर्माण गर्न लागेको भन्दै खोकनाबासीले लामो समयदेखि विरोध गर्दै आइरहेका छन्।जसअनुसार दु्रतमार्गको खोकना, बुंगमती र फर्सिडोल खण्डमा सेनाले निर्माणको काम अगाडि बढाउन सकेन। खोकना क्षेत्र दु्रतमार्गको प्रस्थान विन्दु अर्थात् जिरो प्वाइन्ट हो।

विवादकै कारण खोकनाबाट चार किलोमिटर पर फर्सिडोलमा प्रस्थान विन्दु कायम गर्न स्थानीय जनप्रतिनिधिले सहमति जनाएका छन् तर निर्माणको काम हुन सकेको छैन। अन्ततः प्रतिवेदन स्वीकृत भएपछि खोकना नै प्रस्थान विन्दु कायम भएको छ।   याे खबर समाचारपत्रमा छ ।