काम नगर्ने ठेकेदारका दिन समाप्त भयाे : मन्त्री अर्याल

काम नगर्ने ठेकेदारका दिन समाप्त भयाे : मन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा- भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिएकी छिन्।  काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताइन्।

‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नितिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भनिन् । काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको समेत बताइन्।

मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरिन् । पछिल्ला समय सामाजिक संजालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मुल्याङ्कन जनताले गर्ने बताइन्।