एनआइसी एशिया बैंकले भन्यो -बैंकको सिष्टम र उपकरण सुरक्षित छ

एनआइसी एशिया बैंकले भन्यो -बैंकको सिष्टम र उपकरण सुरक्षित छ


काठमाडौं – एनआइसी एशिया बैंकले आफ्नो बैंकको सिष्टम र उपकरण सुरक्षित रहेको जनाएको छ। शनिबार चिनियाँ ह्याकरको आक्रमणपछि बैंकहरूको एटिएम प्रणालीमा केही समस्या देखिए पनि अब कुनै समस्या नरहेको जनाएको हो।

‘हाम्रा सबै प्रणाली तथा पूर्वाधार पूर्ण रुपमा सुरक्षित छन्, कुनै पनि ग्राहक वा बैंकले आर्थिक क्षति भोग्नु प्रदैन’, बैंकले सूचना जारी गर्दै भनेको छ। आइतबार एटिएम बन्द गरेको विषयमा उसले कुनै समस्या भएको कारण भन्दा पनि विशेकील नियणय लिएको दाबी गरेको छ।

विशेषज्ञको टोलीले अध्ययन गरेको र केही समस्या नदेखिएको दाबी पनि एनआइसी एशियाको रहेको छ। बैंकले निक्षेपकर्तालाई कुनै पनि चिन्ता नलिन पनि आग्रह गरेको छ।