काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका तीन नेपालीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् । प्रहरीका अनुसार उनीहरुले फरार रहेका चिनियाँ नागरिकको पैसा साटेका हुन् ।
शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् ।
उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो । डीएसपी बोगटीले घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दावी गरे । यसरी पैसा साट्नु गैरकानुनी भएको प्रहरीको भनाई छ । चिनियाँ नागरिकले साटेको २९ लाख ९९ हजार समेत प्रहरीले बरामद गरेको छ ।




प्रतिक्रिया