परराष्ट्रमन्त्री र माल्दिभ्सका विदेशमन्त्रीवीच भेटवार्ता, माल्दिभ्सका विदेशमन्त्री नेपाल आउने

परराष्ट्रमन्त्री र माल्दिभ्सका विदेशमन्त्रीवीच भेटवार्ता, माल्दिभ्सका विदेशमन्त्री नेपाल आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहीदसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मालेमा भएको भेटमा दुई मन्त्रीबीच आपसी चासो, व्यापार, पर्यटन, जलवायु परिवर्तन र क्षेत्रीय तथा विश्वमामिलामा सहयोग बारेमा कुराकानी भएको थियो ।

दुवै मन्त्रीले आपसी सम्बन्ध नयाँ उचाईमा पुर्याउने विषयमा पनि सहमति जनाएका छन् । जलवायु परिवर्तनको समस्या समाधानका लागि हिमाली देश र आइल्यान्ड देशबीच आपसी सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले जोड दिएका छन् ।

उनले माल्दिभ्सका विदेशमन्त्रीलाई सगरमाथा सम्वादको अवसरमा नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । सो सम्मेलन अप्रिल २०२०मा नेपालमा गर्ने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा माल्दिभ्सका विदेशमन्त्रीले निम्तो स्वीकार गरेका थिए । दुई विदेशमन्त्रीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदानमा सहमति जनाएका छन् ।