मेलम्चीको सम्पूर्ण काम ठप्प

मेलम्चीको सम्पूर्ण काम ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ। यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले बुधबारदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ।

समितिले दुई महिनाअघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो। पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो।

दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताउनुभयो। ‘हामी हाम्रो मागप्रति कठोर छौं। काम गरेको भुक्तानी पाउनुपर्ने मुख्य माग हो। हामीले दोस्रोपटक आज (बुधबार)बाट फेरि आन्दोलन थाल्यौं’, उहाँले भन्नुभयो– ‘यो वार कि पारको आन्दोलन हो।’

समितिले अम्बाथान र हेडबक्समा भइरहेको काम ठप्प पारेको उहाँले दाबी गर्नुभयो। मेलम्चीमा रहेको आयोजनाको कार्यालयमा समितिले जिल्लाका सांसदहरूलाई राखेर कोणसभासमेत गरेको थियो। सीएमसीले राखेको बैंक ग्यारेन्टीको रकमबाट भुक्तानी गर्न माग राखे पनि सरकारले बेवास्ता गरेको उहाँहरूको माग हो।  याे खबर समाचारपत्रमा छ ।