काठमाडौं उपत्यकासहित यी जिल्लामा बाढी र पहिरो आउने, सतर्क रहन आग्रह


काठमाडौं – अपनाउन बाढी पूर्वानुमान महाशाखाले केही दिनदेखि परिरहेको लगातार वर्षाका कारण देशभर बाढीपहिरोको जोखिम बढेको भन्दै सर्वसाधारण सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज (बुधबार) कोसी, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती तथा यसका सहायक नदीमा बाढी आउने सम्भावना छ । बाढीको बहाव सतर्कता आसपास पुग्न सक्ने सम्भावना रहेकाले उक्त नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै काठमाडौं उपत्यकासहित मकवानपुर, सिन्धुली, रसुवा, नुवाकोट, लमजुङ, कास्की, चितवन, नवलपरासीबाट बहने नदीरखोलामा पनि आज बाढी आउने सम्भावना छ ।

यसैगरी रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा आसपासका नदी–खोलामा पनि आज बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सल्लाह छ ।

यसैगरी प्रदेश ३ र गण्डकीको पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेकाले होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज प्रदेश १, २ र सुदूरपश्चिमका तराई तथा चुरेबाट बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने र केही नदीमा जल सतह सतर्कता आपपास पुग्ने सम्भावना उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

मौसमविद्का अनुसार आज (बुधबार) देशभरजसो वर्षा हुनेछ भने काठमाडौं उपत्यकासहित देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तो छ तीन दिनको मौसमी अनुमानः

असोज ०१ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू–भागहका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राती: देशको पश्चिमी तथा मध्यमा सामान्य देखि पुर्ण बदली र पूर्वी भू–भागमा सामान्य बदलि रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित मध्यम वर्षा हुनेछ । पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज ०२ गते (बिहीबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको हुनेछ ।

असोज ०३ गते (शुक्रबार)

दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ ।

रातीः देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement