बाँके – केही दिनदेखि परेको निरन्तर वर्षाका कारण बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् ।
भारतले सीमा क्षेत्रमा कलकलवा बाँध, लक्ष्मणपुर बाँध बनाएपछि पानीले निकास नपाउँदा जिल्लाका बस्तीहरू डुबानमा परेका जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्लाको खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै प्रभावित भएको छ भने जानकी गाउँपालिका पनि डुबानको चपेटामा परेको छ ।
वर्षाले जिल्लाको मुख्य बजार नेपालगञ्जलगायत पनि जलमग्न भएको प्रहरीले जनाएको छ ।
नेपालगन्जको सेतु विक चोक, घरबारी टोल, धम्बोझी, सुर्खेत रोडलगायत स्थानका घरमा पानी पस्नुका साथै नेपालगञ्जदेखि बर्दिया सदरमुकाम जाने सडक अवरुद्ध भएको छ । किरण नालामा आएको बाढीले सडक डुबाउँदा सवारी आवागमन ठप्प भएको हो ।




प्रतिक्रिया