सुरक्षाकर्मी, अस्पताल र सरकारी कर्मचारीलाई स्वदेशी कपडा अनिवार्य : अर्थमन्त्री खतिवडा

सुरक्षाकर्मी, अस्पताल र सरकारी कर्मचारीलाई स्वदेशी कपडा अनिवार्य : अर्थमन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीले स्वदेशी कपडा अनिवार्य लगाउनुपर्ने नियम बनाउन लागिएको जानकारी दिएका छन् ।

बिहीबार ‘यार्न एण्ड टेक्सटाइल एक्सपो–२०१९’ को उद्घाटन गर्दैै मन्त्री खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गर्दा बाध्यकारी बनाइने बताए ।

खतिवडाले अस्पताल, सुरक्षाकर्मी, निजामति कर्मचारीलगायतले लगाउने पोशाकको लागि स्वदेशी उत्पादनको प्रयोग गर्नका लागि सार्वजनिक खरिद ऐनमै बाध्यकारी व्यवस्थान गरिने बताउँदै सरकारले स्वदेशी बनौं भन्ने नीति नै लिएको पनि जानकारी दिए ।

अहिले मुलुकबाट सबैभन्दा बढी निर्यात धागो भएको भन्दै धागोमा आत्मनिर्भर भएको बताए । उनले सरकारले नै बजेटमा खाद्यान्न, उर्जा, औषधीमा हामी आत्मनिर्भर हुने घोषणा गरेको बताए ।

‘आत्मनिर्भर हुनु भनेको आयातका बन्देज गरेर हुँदैन, उपभोक्ताको हित, मुलुकको लागत बढाएर पनि हुँदैन, आत्मनिर्भर प्रतिष्पर्धात्मकका आधारमा हुने हो । गुणस्तरीय वस्तु उत्पादन गरेर, त्यस्ता वस्तु उपभोग गरेर हुने हो,’ उनले भने ।