काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणको लागि समस्या देखिएपछि तीन घण्टादेखि विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई आकाशमा होल्ड गराएर राखिएको छ ।
विमानस्थलमा जहाज अवतरण गराउने उपकरण बिग्रेपछि थाईल्याण्ड, भुटान, कतार र साउदीअरेबियाबाट आएका जहाजहरु तीन घण्टादेखि अवतरण गर्न पाएका छैनन् ।
एक मात्र अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरु अवतरण गर्न नपाउँदा जहाज कम्पनीले प्रतिघण्टा १० लाख रुपैयाभन्दा बढि क्षति व्यहोर्नुपर्छ ।
यद्यपि एयर ट्राफिक कन्ट्रोलरका अनुसार दुरी मापन गर्ने सम्बन्धी स्याटेलाईटबाट चल्ने उपकरण भिएचएफमा समस्या आएको छ । सो समस्या आउँदा जहाजको मनिटरिङ गर्न सकिदैन ।
अन्तर्राष्ट्रिय जहाजमै जडित यन्त्रद्वारा अवतरण गर्न सक्ने भएपनि विमानस्थलले जोखिम मोल्न नचाहेको काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । काठमाडौं त्रिभुवन विमानस्थलमा हेभी ट्राफिक जाम हुँदा अन्तर्राष्ट्रिय उडानका जहाजहरु सधैं समस्यामा पर्ने गरेका छन् ।
यद्यपी ३० औं फन्को मारेपछि कतार एयरको जहाज भर्खरै काठमाडौंंस्थित विमानस्थलमा अवतरण गरेको छ । बिग्रेको उपकरण तत्कालको लागि मर्मत भएपछि जहाजहरु अवतरण सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ । थाई एयर, कतार एयर र एयर अरेबियाको जहाज अवतरणमा ढिलाई हुँदा नेपालबाट विदेश जाने यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।




प्रतिक्रिया