अरुण नदीमा वेपत्ता भएकाको खोजी गर्न सेनाको हेलिकोप्टरमार्फत गोताखोर परिचालन

अरुण नदीमा वेपत्ता भएकाको खोजी गर्न सेनाको हेलिकोप्टरमार्फत गोताखोर परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संखुवासभाबाट काठमाडौंका लागि हिडेको बोलेर जीप संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ खाँदबारी–धनकुटा सडकखण्डको अक्कड भीरबाट अरूण नदीमा खसेपछि वेपत्ता जीप र यात्रु खोजीका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत गोताखोर परिचालन गरिएको छ ।

बिरामीसहित बेपत्ता ६ जनाको खोजीका लागि सशस्त्र प्रहरीका दुई जना गोताखोर र दुई जना विपद् व्यवस्थापन विज्ञसहितको अर्धसैन्य बलको टोली सेनाको हेलिकोप्टरमार्फत बिहिबार बिहान त्यसतर्फ गएको सशस्त्रका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाडौंस्थित २० नम्बर बिपद् उद्दार उपत्यका गणबाट चार जनाको टोली पठाईएको हो ।