संविधान दिवसमा काठमाडौं महानगरले नेपाली सेनालाई आर्थिक सहयोग गर्ने

संविधान दिवसमा काठमाडौं महानगरले नेपाली सेनालाई आर्थिक सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संविधान दिवसको अवसरमा काठमाडौं महानगरपालीकाले काठमाडौंको रत्नपार्क र बालाजु पार्कमा निशुल्क प्रवेश गर्न पाउने व्यवस्था मिलाएको छ ।

संविधान दिवस ०७६ को अवसरमा काठमाडौं महानगरपालिकाले रत्नपार्क र बालाजु पार्कमा जाने सर्वसाधारणका लागि यहि बिहीबार, शुक्रबार र शनिबार निःशुल्क प्रवेशको व्यवस्था गरेको हो ।

अन्य समयमा यी पार्क प्रवेश गर्न सर्वसाधारणले २५ रुपैयाँ शुल्क तिर्नुपर्छ । महानगरले संविधान दिवस भव्य रुपमा मनाउन केन्द्रीय सरकारसँग सहजीकरण गर्ने भएको छ ।

संविधान दिवसका दिन टुँडिखेलमा आयोजना हुने कार्यक्रम स्थल सजावटसहित उपस्थित सर्वसाधारणका लागिसमेत महानगरले कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचारलगायत सेवा उपलब्ध गराउने महानगरले जानकारी दिएको छ ।

प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको र्याली कार्यक्रम स्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित र्¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई ४ बाइ ३ फिटका एक–एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने जस्ता काम पनि महानगपालिकाले नै गर्ने भएकोछ ।

शिक्षा विभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभावका कविता, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक विधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ ।
सोही अवरसमा सैनिक मञ्चमा आयोजना हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको छ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ ।

यही अवसरमा सबै मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने कार्यक्रम रहेको बताउँदै संविधान दिवसको दिन महानगरबासीलाई आफ्नो घरमा ४ बाइ ३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत महानगरले आग्रह गरेको छ ।