कमलबजार नगरपालिका कार्यालयमा बम बिस्फोट

कमलबजार नगरपालिका कार्यालयमा बम बिस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – नेत्रविक्रम चन्द विप्लव समूहले बिहीबार राति अछामको कमलबजार नगरपालिकामा बम बिस्फोट गराएको छ ।राति पौने १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम बिष्फोट गरायको अछाम प्रहरीले जनाएको छ ।

बिष्फोटबाट ठुलो क्षती नभएको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए। बिस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिस्फोट गराइएको पाइएको छ । प्रहरीले बिस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।

नगरपालिका कार्यालयको ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम बिस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।