संविधान दिवसमाअस्ट्रेलियामा मनाइयाे ‘नेपाल डे’

संविधान दिवसमाअस्ट्रेलियामा मनाइयाे ‘नेपाल डे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं—संविधान दिवसका अवसरमा अस्ट्रेलियाकाे क्यानबेरामा नेपाल डे मनाइएकाे छ। अस्ट्रेलियाका लागि नेपाली राजदूतावासको आयोजनामा धुमधामका  साथ दिवस मनाइएको हाे।

नेपालको राष्ट्रगान र अस्ट्रेलियाको राष्ट्रगानसँगै सुरू भएको कार्यक्रममा कार्यवाहक राजदूत द्रुपदा सापकोटा र चिफ अफ प्रोटोकल केट लोगानले वाइन टोस्ट गर्दै शुभारम्भ गरेका थिए।

सापकोटाले नेपाल र अस्ट्रेलियाबीचको दौत्य सम्बन्ध ६० वर्ष पूरा भएको चर्चा गरिन्। अस्ट्रेलियामा नेपाल दिवस मनाउन पाउनु गौरवको विषय भएको उनकाे भनाइ छ।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली महावाणिज्यदूतहरू चन्द्र योन्जन (भिक्टोरिया), दीपक धमला (साउथ अस्ट्रेलिया) लगायतको सहभागिता रहेको थियो।