सभामुख महरा कजाकस्तान प्रस्थान

सभामुख महरा कजाकस्तान प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।

सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान गएका छन् ।

यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई महराले सम्बोधन गर्ने सभामुखको सचिवालयले जनाएको छ ।