बन्दुक बिसाएर राजनीतिक मूलधारमा आउन बिप्लवलाई माधव नेपालको आग्रह

बन्दुक बिसाएर राजनीतिक मूलधारमा आउन बिप्लवलाई माधव नेपालको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै उनले सम्यम भएर अगाडि बढ्नु पर्ने बताए । नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने पनि बताए ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठ र गौरी प्रधानले दिगो शान्ति कायम गर्न समयमै सचेत हुनु पर्ने बताए । विगतमा भएको द्वन्द्वको पाठबाट सबैले बुझ्नु पर्ने भन्दै मानवअधिकारको रक्षाको लागि राजनीतिक दल प्रतिबद्ध हुनु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बारुदी सुरुङ र यसले पु¥याउने असरको बारेमा जानकारी गराइएको थियो ।