नेकपाले टुंग्यायो महानगरको नेतृत्व : काठमाडाैँमा देउला, वीरगन्जमा रहबर


काठमाडौं – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता पश्चत गठन भएको नेकपाले बल्ल महानरपालिकाको नेतृत्व टुंग्याएको छ। नेकपाको सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको हाे ।

काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिव रवीन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन् । त्यस्तै, ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव बनेका छन्।

पोखरा महागरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएकाेमा भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटाले जिम्मेवारी पाएका हुन्।  वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement