अंगीकृत नागरिकतामा किन जुटेन सहमति ?

अंगीकृत नागरिकतामा किन जुटेन सहमति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – ‘२४ घण्टाभित्र विवाद टुंग्याउने जिम्मेवारी सांसदहरूलाई दिन्छु, विधेयक यही संसद् बैठकबाट पारित हुनुपर्छ ।’ अंगीकृत नागरिकतासम्बन्धी विवादलाई निकास दिने क्रममा अघिल्लो शनिबार संसद्को राज्यव्यवस्था समिति बैठकमा सभापति शशि श्रेष्ठले यस्तो भनाइ राखेको साता बितेको छ ।

यसबीच संसद् अधिवेशन अन्त्य भइसकेको छ तर यो विषयमा छलफलसमेत भएको छैन। मत विभाजन गरेर भए पनि विवाद टुंग्याउन अन्तिम छलफल भइरहेका बेला कांग्रेस सांसदले संस्थागत निर्णय भन्दै समितिले प्रस्ताव गरेको अंगीकृत नागरिकतासम्बन्धी प्रावधानमा लिखित असहमति राखेपछि सभापति श्रेष्ठले २४ घण्टाको समय दिएकी थिइन्। पार्टीका शीर्ष नेतृत्वसँग छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको थियो। सांसदहरूप्रति लक्षित गर्दै श्रेष्ठले भनेकी थिइन्, ‘अधिवेशन छिट्टै टुंग्याउने कुरा बुझेको छु, आ–आफ्नो पार्टीका शीर्ष नेतृत्वसँग कुरा गरेर छिट्टै सहमति जुटाउनु होला।’

बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि थिए। केही सांसदले शीर्ष नेतृत्वसँग सम्पर्क गरेर सहमति जुटाउने जिम्मा गृहमन्त्री थापालाई दिनुपर्ने तर्क गरेका थिए। समितिमा विभिन्न खालका छलफल र प्रस्ताव आउँदा पनि मन्त्री थापा बोलेनन्। सभापति श्रेष्ठले समितिको अधिकार सरकारलाई दिएको सन्देश जाने भन्दै सांसदको प्रस्ताव अस्वीकार गरेकी थिइन्। याे समाचार कान्तिपुर दैनिकमा छ ।