कानुन उल्लङ्घन गर्नेलाई छाड्दैनौं : इन्सपेक्टर वाइवा

कानुन उल्लङ्घन गर्नेलाई छाड्दैनौं : इन्सपेक्टर वाइवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरिय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख (इन्सपेक्टर)सुभद्रा वाइवा लामाले सुरक्षा क्षेत्रमा हुँदै आइरहेका विभिन्न अपराधका घटनालाई पुर्ण रुपमा सुधार गर्दै लैजाने बताएकी छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत परिचयात्मक तथा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै इन्सपेक्टर वाइवाले आम नागरिकले प्रहरीलाई गरेको विश्वासलाई गुम्न नदिने र समाजका घट्ने विभिन्न किसिमका घटनालाई पूर्ण रुपमा सुधार गर्दै लैजाने बताएकी हुन् । इन्सपेक्टर वाइवाले नेपाल प्रहरीले समुदायीक कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने र कानुन उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने बताइन् ।

उनले समाजलाई शान्ति सुव्यवस्थित पार्नको लागि नेपाल प्रहरी आफ्नो प्रतिवद्धताप्रति अडिग रहेको भन्दै समाजलाई अपराधमुक्त र सभ्य समाज बनाउन नेपाल प्रहरीले मात्रै नसक्ने बताउँदै आम नागरिकलाई सहयोग गर्न हाग्रह गरिन् ।

त्यस्तै महानगरिय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसपी अशाेक सिंहले नेपाल प्रहरी सधै आम नागरिकको सुरक्षामा खटिने बताउँदै चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातका सवारीमा सादा पोसाकका प्रहरी खटाईएको जानकारी दिए । उनले अहिलेसम्म प्रहरी साझेदारी अभियान कार्यक्रममार्फत उपत्यकाका बाह्र सय भन्दा बढी कलेजहरुमा विशेष सुरक्षा योजना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथी महानगरिय प्रहरी परिसरका प्रमुख एसपी अशाेक सिंह, महानगरिय प्रहरी परिसर बानेश्वरका  डिएसपी दुर्गा रेग्मी, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख सुभद्रा वाइवा लामा, महादेवस्थान विकास क्षेत्र समितीका अध्यक्ष बैजु भट्टराई लगाएत विभिन्न नागरिक समाजका अग्रजहरु, मिडियाकर्मीलगाएत प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।